काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिक: ए फेयरिटेल फर ग्रोन-अप्स’ को टीजर बिहीबार सार्वजनिक भएको छ। यशको जन्मदिनको अवसर पारेर रिलिज गरिएको टीजरले उनको नयाँ पात्र ‘राया’ को पहिलो झलक देखाएको छ।
टीजरमा राया अत्यन्त खतरनाक, रहस्यमय र गहिरो व्यक्तित्वका रूपमा प्रस्तुत छन्। शान्त कब्रस्थलको दृश्यबाट सुरु हुने टीजरमा गोलीबारी र धुवाँ हटेपछि हतियारसहित यश प्रवेश गर्छन् र ‘Daddy’s home,’भन्छन्। छोटो दृश्यमै डर र रोमाञ्च दुवै महसुस हुन्छ।
केभीएन प्रोडक्सन्सले आधिकारिक सामाजिक सञ्जालमार्फत टीजर सार्वजनिक गरेको हो। फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरेशी, रुक्मिणी वसन्त र तारा सुतारिया महत्वपूर्ण भूमिकामा छन्। कथा यश र गीतु मोहन्दासले लेखेका हुन् भने निर्देशन गीतु मोहन्दासले गरेका छन्।
‘टक्सिक’ एक एक्शन थ्रिलर फिल्म हो, जसको निर्माण केभीएन प्रोडक्सन्स र मन्स्टर माइन्ड क्रियेशन्सले संयुक्त रूपमा गरेका छन्। फिल्मको विश्वव्यापी रिलिज मिति १९ मार्च २०८३ तय गरिएको छ।
टीजर सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता र चर्चा बढेको छ। यशको नयाँ, गहिरो र तीव्र ‘राया’ पात्रले ठूलो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया