टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता « Khabarhub

टीसीएलले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकप अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ ।

देशभर लागू गरेको ‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत पहिलो चरणका विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुष्कर अवस्थी हुन् । उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स टीसीएलको आधिकारिक बिक्रेताबाट टीसीएल एयर कन्डिसनर (एसी) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए ।

यस योजनाअन्तर्गत विजेताले रात दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । उक्त यात्रा प्याकेजमा हवाईटिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च कम्पनीले नैव्यहोर्ने जानकारी दिएको छ ।

यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको कम्पनीले  जनाएको छ ।  

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  २ : ३४ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री