रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी « Khabarhub

रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ।

पार्टीले एक सूचना जारी गरेर उम्मेदवार आकांक्षीले आवेदन दर्तादेखि अन्तिम निर्णय नआएसम्म कुनै पनि किसिमको प्रचार, भेला, सभा, सामाजिक सञ्जालमार्फत प्रचार, ब्यानर वा पोस्टर प्रयोग गर्न निर्देशन दिएको हो । 

आचारसंहिता विपरीत गतिविधि गरेमा उम्मेदवार प्रक्रिया स्वतः रद्द हुने चेतावनी पनि दिइएको छ।

सूचनाअनुसार उम्मेदवारीका लागि आवेदन दिँदा फोटो खिच्ने, प्रचार सामग्री तयार गर्ने वा सार्वजनिक कार्यक्रममार्फत आफूलाई उम्मेदवारका रूपमा प्रस्तुत गर्न पाइने छैन। प्रारम्भिक छनोटपछि मात्र पार्टीको आधिकारिक प्रक्रिया अनुसार गतिविधि गर्न सकिने जनाइएको छ।

साथै पार्टीले निष्पक्ष र मर्यादित उम्मेदवार छनोट सुनिश्चित गर्न सबै आकांक्षीलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ६ : ११ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा