नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग « Khabarhub

नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा संघर्ष समितिले विरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलन गर्दा कलेज सञ्चालकले विद्यार्थीमाथि आक्रमण गरेको आरोप लगाउँदै घटनाको निस्पक्ष छानविनसहित कारबाहीको माग गरेको हो ।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले विहीबार वीरगन्जस्थित कलेजमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा विद्यार्थीमाथि दमनको संघर्ष समितिले जनाएको छ ।

कार्यक्रममा संघर्ष समितिका संयोजक प्रकाश चन्दले सञ्चालकमाथि कारबाही नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

संघर्ष समितिका प्रवक्ता नरेश भट्टले ‘शुल्क फिर्ता गर’ भनेर आन्दोलन गर्दा माइक तोडफोड गरिदिने, व्यानर च्यात्ने र कुटपिटमा उत्रिने जस्तो अमानवीय व्यवहार भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले