नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग « Khabarhub

नेसनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई कारबाही गर्न माग


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा संघर्ष समितिले विरगन्जस्थित नेसनल मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण आन्दोलन गर्दा कलेज सञ्चालकले विद्यार्थीमाथि आक्रमण गरेको आरोप लगाउँदै घटनाको निस्पक्ष छानविनसहित कारबाहीको माग गरेको हो ।

सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले विहीबार वीरगन्जस्थित कलेजमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा विद्यार्थीमाथि दमनको संघर्ष समितिले जनाएको छ ।

कार्यक्रममा संघर्ष समितिका संयोजक प्रकाश चन्दले सञ्चालकमाथि कारबाही नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

संघर्ष समितिका प्रवक्ता नरेश भट्टले ‘शुल्क फिर्ता गर’ भनेर आन्दोलन गर्दा माइक तोडफोड गरिदिने, व्यानर च्यात्ने र कुटपिटमा उत्रिने जस्तो अमानवीय व्यवहार भएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर