पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान « Khabarhub

पार्टी एकता जोगाउन संस्थापन पक्षको देशव्यापी आह्वान


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले पार्टी एकतालाई बचाउनका लागि संयम अपनाउन देशभरका पार्टीपङ्ती समक्ष आह्वान गर्ने निर्णय गरेको छ । 

शुक्रबार काठमाडौंमा बसेको संस्थापन पक्षको भेलाले विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको निष्कर्ष निकाल्दै एकतालाई बचाउनका लागि संयम अपनाउन आह्वान गर्ने निर्णय गरेको हो ।

पार्टीमा देखिएको दुईधारले पार्टी कमजोर हुने र कमजोर कांग्रेस, विभाजित कांग्रेसले लोकतन्त्र र राष्ट्रियता धान्न नसक्ने भएकाले सचेत रहनका लागि देशभरिका नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

उनले इतिहासको मोडमा कांग्रेस अत्यन्त पेचिलो ठाउँमा प्रवेश गरेको र पार्टीभित्र विभाजन गर्न चाहने, पार्टी कमजोर गराउन चाहने तत्त्वहरू पनि त्यति नै सक्रिय भएको बताए । अहिले राष्ट्रिय अस्मितामाथि पनि काला बादल मडारिने संकेत देखिएकाले त्यतातिर पनि ध्यान दिएर पार्टी एकता जोगाउनुपर्ने उनले बताए ।  

बरालले मुठभेड नभई एकताका लागि बल पुगोस् भनेर नेता कार्यकर्ताको भेला आयोजना गरिएको उल्लेख गरे। केन्द्रीय सभापति र केन्द्रीय नेतृत्व फेरेर मात्र सबै समस्याको समाधान नहुने भन्दै उनले परिवर्तित परिस्थिति अनुसार तल्लो तहदेखि नेता–कार्यकर्तालाई पार्टीमा जोडेर ल्याउनुपर्ने धारणा राखे । 

उनले पार्टीभित्र देखिएको दुई वटै मतहरूलाई तालमेल गरेर समायोजनको बिन्दुको प्रयास जारी रहेको बताए । मध्य बिन्दुको प्रस्ताव अझै बाँकी रहेकाले सशक्त कांग्रेस निर्माण गरेरै छाड्ने उनको भनाइ छ ।  

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : १८ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा