कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट « Khabarhub

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएको छ । २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा सुरु हुने छ ।

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित विशेष महाधिवेशन पक्षको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीका अनुसार उद्घाटनअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रवेश गराइने तयारी गरिएको छ । 

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले जुलुसका रुट र सहभागी क्षेत्रबारे जानकारी दिए ।

केसीका अनुसार काठमाडौं, ललितपुरसहित देशका विभिन्न जिल्लाबाट आउने नेता–कार्यकर्ता छ वटा फरक–फरक रुट हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् ।

जुलुसका निर्धारित रुट :

रुट १ (सुन्धारा)
चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्ला तथा काठमाडौं क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क (पुरानो बसपार्क) हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट २ (रत्नपार्क)
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौं क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुने जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशनस्थल प्रवेश गर्नेछ ।

रुट ३ (पद्मकन्या क्याम्पस)
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट ४ (शंकरदेव क्याम्पस)
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं क्षेत्र २ र ३ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पुतलीसडक हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट ५ (कमलपोखरी)
काठमाडौं क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीबाट चारखाल, डिल्लीबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।

रुट ६ (कुपण्डोल)
ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुने जुलुस कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४१ बजे

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको