कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट « Khabarhub

कांग्रेसको दोस्रो विशेष महाधिवेशनअघि काठमाडौंमा जुलुसका लागि तोकियो ६ रुट


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले उद्घाटन सत्रअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने भएको छ । २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन समारोह आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा सुरु हुने छ ।

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित विशेष महाधिवेशन पक्षको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीश्वर नरसिंह केसीका अनुसार उद्घाटनअघि बिहान ११ बजेदेखि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा प्रवेश गराइने तयारी गरिएको छ । 

शुक्रबार काठमाडौंको बागबजारमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले जुलुसका रुट र सहभागी क्षेत्रबारे जानकारी दिए ।

केसीका अनुसार काठमाडौं, ललितपुरसहित देशका विभिन्न जिल्लाबाट आउने नेता–कार्यकर्ता छ वटा फरक–फरक रुट हुँदै भृकुटीमण्डपतर्फ अघि बढ्नेछन् ।

जुलुसका निर्धारित रुट :

रुट १ (सुन्धारा)
चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्ला तथा काठमाडौं क्षेत्र ८, ९ र १० का नेता–कार्यकर्ता सहभागी हुनेछन् । जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क (पुरानो बसपार्क) हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट २ (रत्नपार्क)
नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौं क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ता सहभागी हुने जुलुस रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशनस्थल प्रवेश गर्नेछ ।

रुट ३ (पद्मकन्या क्याम्पस)
बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदय मोड हुँदै भृकुटीमण्डप पुग्नेछ ।

रुट ४ (शंकरदेव क्याम्पस)
भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं क्षेत्र २ र ३ का नेता–कार्यकर्ता सहभागी हुनेछन्। जुलुस पुतलीसडक हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट ५ (कमलपोखरी)
काठमाडौं क्षेत्र १ र ४ का नेता–कार्यकर्ता कमलपोखरीबाट चारखाल, डिल्लीबजार, पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।

रुट ६ (कुपण्डोल)
ललितपुर र मकवानपुरका नेता–कार्यकर्ता सहभागी हुने जुलुस कुपण्डोलबाट थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले