रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै  « Khabarhub

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्दै छन् ।

पार्टीले शनिबार औपचारिक रूपमा उनलाई अध्यक्ष पदमा स्वागत घोषणा गर्न लागेको हो । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष कुलमान घिसिङसँग प्रेस भेटघाट कार्यक्रम आयोजना गरिँदैछ। 

प्रेस भेटघाट कार्यक्रम शनिबार साँझ ६  बजे त्रिपुरेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुनेछ। कुलमान को अध्यक्षतामा उज्यालो नेपालले आगामी राजनीतिक गतिविधि र पार्टी सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने लावतीले बताएका छन् । 

गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति दुई सातामै भाँडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो। 

सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए । 

पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो। त्यही  सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो। 

तर कुलमानले रास्वपासँग पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, लोकतान्त्रिक होइन वामपन्थी पार्टी बनाउनु पर्ने र केन्द्रीय सदस्य ३३ जना चाहिने माग गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपसभापति पद र एक महामन्त्री पद पनि कुलमनले मागेका थिए । उनले पार्टीको विचारधारा समाजवाद राख्नुपर्ने प्रस्ताव पनि गरेका थिए ।

सुदन गुरूङले बौद्धबाट उठाएर एकताको सहमति गराए पनि  विचारधारासहितका मुद्दामा विवाद चर्किएसँगै कुलमान र रास्वपाको एकता सहमति भाँडिएको हो। अब कुलमानले उज्यालो नेपाललाई सम्हालेर अघि बढ्ने भएका हुन् ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : ४२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर