ब्रिटिश कोलम्बियामा ‘नेपाली हेरिटेज डे’ घोषणा « Khabarhub

ब्रिटिश कोलम्बियामा ‘नेपाली हेरिटेज डे’ घोषणा


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले सन् २०२६ मे २९ लाई आधिकारिक रूपमा “नेपली हेरिटेज डे” घोषणा गरेको छ ।

यो घोषणा नेपाली क्यानाडाली समुदायको सांस्कृतिक, सामाजिक तथा आर्थिक योगदानको उच्च मान्यता हो ।

नेपाल कल्चरल सोसाइटी अफ ब्रिटिश कोलम्बिया (एनसीएसवीसी) का अध्यक्ष राजु भट्टराईले यो उपलब्धि एनसीएसवीसीका बोर्ड अफ डाइरेक्टर्स, सहकर्मी संस्था तथा सम्पूर्ण नेपाली क्यानाडाली समुदायको सामूहिक प्रयासको परिणाम भएको बताए ।

नेपाली हेरिटेज डे हाम्रो संस्कृति, परम्परा र पहिचानको अन्तर्राष्ट्रिय मान्यता हो यसले नेपाल–क्यानडा सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएका छौँ,” उनले भने ।

भट्टराईले यो ऐतिहासिक घोषणाका लागि ब्रिटिश कोलम्बिया सरकारका उच्च पदस्थ अधिकारीहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन् ।

उनले प्रिमियर डेभिड एबी, एटर्नी जनरल तथा डेप्युटी प्रिमियर निकी शर्मा, जोब्स तथा आर्थिक विकासमन्त्री रवि काल्होन, माइनिङ तथा क्रिटिकल मिनरल्स मन्त्री जाग्रुप ब्रार, पोस्ट–सेकेन्डरी शिक्षा तथा भविष्य सीप मन्त्री जस्सी सुनर, सांसद आमना शाह अर्का सांसद गैरी बेग लगायत छन् ।

साथै उनले एक प्रेस सामाग्री जारी गरेर नेपाली समुदायको पक्षमा सहयोग पुगाउने सम्पूर्ण संसदका सदस्यहरु र सार्वजनिक कर्मचारीहरूको योगदानको पनि कदर गरिएको छ ।

एनसीएसवीसी वोर्ड, हिन्दु–बौद्ध फाउन्डेसन अफ क्यानाडा र विभिन्न समुदायका अगुवाहरूको साझा नेतृत्व, निरन्तर पहल र समर्पित स्वेच्छिक सेवाले यो उपलव्धी सम्भव भएको भट्टराईको भनाइ छ । उनले भने, ‘यो सफलता सम्पूर्ण समुदाय र विशेषगरी विदेशमा नेपाली पहिचान जगेर्ना गर्दै आएका नेपाली युवाको हो ।’

नेपाल–क्यानडा सम्बन्धका लागि नयाँ अवसर

नेपाली हेरिटेज डे को मान्यताले नेपाली भाषा, संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय सम्मानलाई औपचारिक रूप दिएको छ । हाल बीसीका प्रिमियर डेभिड एबी र जोब्स मन्त्री रवि काल्होन भारत भ्रमणमा रहेका सन्दर्भमा, यस घोषणाले आगामी दिनमा नेपाल र क्यानडाबीच सांस्कृतिक आदान–प्रदान, आपसी सहकार्य तथा कूटनीतिक सम्बन्ध विस्तारका नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

यो अवसर २०२६ मे २९ मा पहिलोपटक ब्रिटीश कोलम्बियाको लेजिस्लेटिभ असेम्ब्ली, हल अफ अनर मा औपचारिक रूपमा मनाइनेछ । एनसीएसवीसीले सो कार्यक्रमलाई ऐतिहासिक र स्मरणीय बनाउन सम्पूर्ण नेपाली समुदायलाई सक्रिय सहभागिता, सुझाव र सहयोगका लागि आह्वान गरेको छ ।

यस ऐतिहासिक पहिचानले नेपाली समुदायको आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा थप बलियो बनाउने र नेपाली पहिचानलाई विश्वमाझ गौरवका साथ स्थापित गर्ने विश्वास गरिएको छ ।

क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्त सरकारले नेपाली हेरिटेज डे’ घोषणा गर्दा हुने के फाइदा
नेपाली समुदायलाई प्रान्तिय सरकारले आधिकारिक मान्यता दिन्छ । यसले नेपाली संस्कृति, भाषा र पहिचानलाई क्यानाडाको बहुसांस्कृतिक संरचनामा स्थापित गर्छ ।

यस्तै गरेर नेपाली समुदायको आवाज बलियो हुन्छ सरकारी रूपमा चिनिएको समुदाय हुँदा सरकारसँग संवाद सजिलो हुन्छ नीति, कार्यक्रम, फन्डिङ र सामुदायिक सहयोगमा पहुँच बढ्छ । यद्यपी भविष्यमा कम्यूनिटी सेन्टर, सांस्कृतिक सहयोग माग्न जरुरी रहेको भट्टराईले बताए ।

नेपाली युवाका लागि गर्व र पहिचान क्यानाडामा हुर्किएका नेपाली युवाले आफ्नो पहिचानमा गर्व महसुस गर्छन र जसले भाषा, संस्कृति र मूल्यहरू जोगाउन मद्दत गर्ने दावी एनसीएसवीसीको छ ।

नेपालका लागि अप्रत्यक्ष फाइदा यो दिवसमार्फत नेपालको संस्कृति, पर्यटन र सफ्ट पावर अन्तर्राष्ट्रिय रूपमा प्रचार हुन्छ नेपाल–क्यानाडाबीच सांस्कृतिक र जनस्तरको सम्बन्ध बलियो हुन्छ एनसीएसवीसी बोर्डको बुझाई छ त्यसले भविष्यमा व्यापार, पर्यटन, शैक्षिक र सांस्कृतिक आदान–प्रदानका ढोका खुल्छ ।

एनसीएसवीसी बोर्डले नेपाल डे मनाउने घोषणा केवल उत्सव होइन, जिम्मेवारी पनि हो । साथै यो घोषणले नेपाली समुदायले क्यानाडामा योगदान दिएको छ र अझ दिनेछ” भन्ने विश्वासको संकेत पनि हो ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ४ : ५७ बजे

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा