हामी अमेरिकी बन्न चाहँदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल « Khabarhub

हामी अमेरिकी बन्न चाहँदैनौँ : ग्रीनल्याण्डका राजनीतिक दल


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नूक, ग्रीनल्याण्ड- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थको लागि धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्याण्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएपछि ग्रीनल्याण्डका राजनीतिक दलहरूले यसको विरोध गरेका छन् । ग्रीनल्याण्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी अमेरिकी हुन चाहँदैनौँ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका सम्बन्धमा वासिङ्टनले रुचाए पनि नरुचाए पनि केही गर्न लागेको दोहोर्‍याएपछि शुक्रबार राति उक्त वक्तव्य आएको हो । ग्रिनल्याण्डको संसदका पाँच दलका नेताले भने, “हामी अमेरिकी हुन चाहँदैनौँ नत डेनिस नै । हामी ग्रीनल्याण्डवासीका रूपमा पहिचान बनाउन चाहन्छौँ ।”

उनीहरूले भनेका छन्, “ग्रिनल्याण्डको भविष्यबारे ग्रिनल्याण्डवासीले निर्णय गर्नैपर्छ ।” डेनमार्क र अन्य युरोपेली सहयोगीहरू संयुक्त राज्य अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको ग्रीनल्याण्डलाई आफ्नो नियन्त्रणमा लिने घोषणाले स्तब्ध भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रिनल्याण्डका विदेशमन्त्री र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : २३ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको