आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार सन् २०२६ जनवरी ११ तारिख । माघ कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । राष्ट्रिय एकता दिवस । पृथ्वी जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : व्यापारमा लाभ हुनेछ । पुरानो लगानीबाट धन प्राप्त हुनेछ । सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सोचेको काम नबन्ने जोखिम छ । खर्च बढ्नेछ । अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ । प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुन : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ । परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सहज बन्ने योग छ ।

कर्कट : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ । परिवारसँगको घुमघामले खर्च बढ्नेछ । गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ । परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ ।

सिंह : शान्त भएर काम गरेमा दिन सहज बन्नेछ । काम गर्दा धैर्यता आवश्यक हुन्छ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कन्या : आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

धनु : स्वास्थ्यले साथ दिनेछ । राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मकर : दिन सहज छ । सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ । सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

कुम्भ : साना कुराले मन उत्साही हुनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ । दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ । विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ ।

मीन : सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्ने समय छ । व्यापारमा गरेको लगानी बढ्नेछ । लगानी विस्तार हुँदा मन शान्त बन्नेछ । सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : २१ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी