एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै  « Khabarhub

एमालेका केन्द्रीय सदस्यहरू प्रादेशिक रुपमा चुनावी रणनीति बनाउँदै 


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय कमिटीको बैठकमा भाग लिन आएका नेकपा एमालेका केन्द्रीय सदस्यहरूले काठमाडौंमा प्रादेशिक बैठक बसेर चुनावी रणनीति बनाउन लागिपरेका छन् ।

सातै वटा प्रदेशका संयोजकहरूले आफ्नो प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहितको बैठक बोलाएका हुन् । यस्ता बैठक कतिपयले पार्टी केन्द्रीय कार्यालय च्यासलमा त कतिपयले आफूलाई अनुकूल हुने स्थानमा आयोजना गरेका छन् ।

केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार सम्बन्धित प्रदेशमा निर्वाचन केन्द्रित रणनीति बनाउन सहज होस भन्ने उद्देश्यले सबै प्रदेशका संयोजकहरूले बैठक बोलाएका हुन् । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशले आज बैठक बोलाएका छन् ।

मधेस,बागमती,कोशी,सुदूरपश्चिमले भोलीलाई बैठक बोलाएका छन् । कतिपय प्रदेशका बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँ उपस्थित हुने तयारी गरेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १ : ४४ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र