काठमाडौ– मधेसकेन्द्रित दुई ठूला राजनीतिक दलबीच एकीकरण सहमतिमा हस्ताक्षर भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच पार्टी एकीकरण गर्ने औपचारिक सहमति भएको छ ।
दुवै पार्टीका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
एकीकरणको सम्झौता पत्रमा हस्ताक्षरसहित जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्याय जस्ता अग्रगामी मुद्दालाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्न एकीकरण आवश्यक ठहरिएको छ ।’
एकीकरणका मुख्य प्रावधान–
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल कायम राख्ने सहमति भएको छ ।
चुनाव चिह्न– बीचमा रातो, सेतो र हरियो भागसहितको झण्डा (माथि रातो, बीच सेतो, तल हरियो) प्रयोग हुने ।
केन्द्रीय समन्वय समिति– ४३ सदस्यीय केन्द्रीय समन्वय समिति रहने छ । जसमा महन्थ ठाकुर संरक्षक र उपेन्द्र यादव अध्यक्ष रहने छन् ।
समन्वय समिति समिति सदस्यहरूमा अशोक भापा, अशोक यादव, उमाकान्त झा, चन्देश्वर पासवान, जितेन्द्र प्रसाद सोनार लगायत नेताहरू समावेश छन् ।
एकीकृत पार्टीले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट संयुक्त रूपमा गर्ने भएको छ । दुवै पूर्वपार्टीका सबै तहका संगठनहरू एकीकृत पार्टीको मातहत रहने र क्रियाशील रहने छन् ।
यो एकीकरण २०७७ मा जसपा गठन भएर त्यसलगत्तै विभाजनपछि भएको हो । जसपा गठनपछि २०७८ मा महन्थ ठाकुर पक्षले लोसपा गठन गरेपछि करिब ४ वर्षपछि दुई दल फेरि मिलेका हुन् । यसले मधेसकेन्द्रित राजनीतिलाई मजबुत बनाउनुका साथै आगामी निर्वाचनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
केन्द्रीय समन्वय समिति सदस्यहरू–
महन्थ ठाकुर, संरक्षक
उपेन्द्र यादव, अध्यक्ष
अर्जुन थापा
अशोक यादव
उमाकान्त झा
चन्देश्वर पासवान
जितेन्द्र प्रसाद सोनार
उमेश यादव
तारा विश्वकर्मा
दीपक कार्की, लगायत
















प्रतिक्रिया