सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा « Khabarhub

सुनिल थापा राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले औपचारिक रुपमा घोषणा गरेको छ । 

राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । 

अव अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भीष्मराज प्रर्साईँले तोकिएको समयमा अन्य तर्फ एक जनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुइ– दुइ जनाको उम्मेदवारी परेको जानकारी दिए । 

महिला तर्फएमालेबाट रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलित तर्फएमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । 

कोशी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७३ गरि ३६६ जना मतदाता रहेका छन् । एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ०३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच