पुष्प व्यवसायमा तीन पुस्ता– परिवारका २८ जनाको लगनशिलतामा वार्षिक १ करोड कमाइ | Khabarhub Khabarhub

पुष्प व्यवसायमा तीन पुस्ता– परिवारका २८ जनाको लगनशिलतामा वार्षिक १ करोड कमाइ



काठमाडौं– रुपन्देही तिलोत्तमा नगरपालिका–४ मा वसोवास गर्दै आइरहेका गुप्ता परिवारलाई यतिबेला भ्याइनभ्याइ छ ।

विगत ५४ वर्षदेखि नर्सरी सञ्चालन गर्दै आएका उनीहरुलाई यतिबेला तिहारको चटारो बढेको छ ।

फूल टिप्न र माला गास्न गुप्ता परिवार निकै व्यस्त छन् । त्यति मात्र होइन् फूल खेतीमा ठूलो लगाव छ उनीहरुको ।

पाँच परिवार अर्थात् २८ जना सदस्य मिलेर पुष्प व्यवसाय गरिरहेका छन्, उनीहरुले ।

बाल्यकाल नै नर्सरी बिताएको अनुभव सुनाउँछन् गुप्ता नर्सरीका सञ्चालक सुरज गुप्ता । ‘परिवारमा ६ जना दाजुभाइ छौं म चाहिँ कान्छोभन्दा माथिको हुँ’सुरज भन्छन्, ‘सबैजना एउटै छानोमुनि बस्छौं मिलेर व्यवसाय गर्छौं’ ।

त्यसो त गाउँघरमै बसोवास गर्नेहरु पनि माटोसँग रमाउन चाहदैनन् । अझ पढेलेखेकाहरु त वैदेशिक रोजगारको खोजीमा खाडी मुलुक र शहरका विभिन्न कुनामा पुगिरहेका पनि छन् । तर गुप्ता परिवार भने माटोसँग प्रेम नै भएको बताउँछन् ।

तीन पुस्ताको संलग्नता

वि.स. २०२२ सालमा स्वर्गीय रघुनाथ गुप्ताले नर्सरी सञ्चालन गरेका थिए । सायद रुपन्देहीमा नर्सरी सञ्चालन गर्ने रघुनाथ नै पहिलो व्यक्ति थिए ।

उनले सुरु गरेको यो नर्सरी परिवारको तेस्रो पुस्ताले समेत निरन्तरता दिइरहेका छन् । स्वर्गीय रघुनाथका छोराहरु बिनोद, शम्भू, राजेन्द्र, राजेश, सुरज, अर्जुन गुप्ता र नातिहरु समेत अहिले नर्सरीमा काम गर्न व्यस्त छन् ।

बुबाले काम गर्दागर्दै पनि नर्सरी जाने काम गर्ने हेर्ने गर्दर्थे सुरज गुप्ता । ‘बुबाले गरेको कामलाई निरन्तरता दिने सोच पहिलेदेखि नै थियो’ उनी भन्छन्, ‘यसमा हामीसबै दाजुभाइको उलेख्य भूमिका छ’ ।

१२ लाख सयपत्री फूलको व्यापार, ५० रुपैयाँमा माला

तिहारमा अत्याधिक मात्रामा खपत हुने फूलका रुपमा चिनिन्छ सयपत्रीलाई । नेपालमा फूल फुल्ने स्थान प्रशस्त भएतापनि फूलमा आत्मनिर्भर हुन नसकेको बताउँछन् उनी । भन्छन्, ‘फूल खेतीमा लगाव भएमा राम्रो आम्दानी हुन्छ काम गर्न पनि सजिलो छ’ ।

विगतका वर्षहरुमा गुप्ता परिवारले आफ्ना लागि मात्र सयपत्री फूल लगाउने गरेको थियो ।

‘२ वर्ष पहिले बुटवलमा फूलको हाहाकार भयो एउटै मालालाई दुइ÷तिन सय रुपैयाँ पर्‍यो’ उनले भने ‘हामीले नि केही मेहनत गर्‍यौं भने केही सस्तोमा उपभोक्तालाई दिन सक्छौं भनेर सयपत्री फूलको व्यवसायिक खेती सुरु गरेको हौं’ ।

सुरजका अनुसार उनको नर्सरीबाट गत वर्ष १२ लाख रुपैयाँको सयपत्री फूलको व्यापार भएको थियो । हामीले पोहोर त प्रतिमाला ५० रुपैयाँमै विक्रि गरेका थियौं’ उनले भने ‘यसपाली चाहिं ७० रुपैयाँका दरले बेच्ने तयारीमा छौं’ ।

अहिले गुप्ताका नर्सरीमा फुलेका फूलहरु गाँस्न र टिप्नका लागि ४०÷४५ जना कामदारहरु रहेका छन् ।

गुप्ताले धेरै फूल उत्पादन भएको समयमा फूलहरु रुपन्देहीबाट सिधै काठमाडौं पठाउने गर्छन् भने कुनै समय केही समस्या आएर पठाउन नसकेमा कोल्ड स्टोरमा समेत राख्ने गरेका छन् ।

६५ रोपनी जग्गाका नर्सरी सञ्चालन

पाल्पा, भैरहवा, रुपन्देही गरेर ६५ रोपनी जग्गामा नर्सरी सञ्चालन गरिरहेका छन् गुप्ता परिवारले । ‘नर्सरीमा फूल मात्र हैन विभिन्न फ्रुट्स समेत उत्पादन गरिरहेका छौं’ उनले भने ।

नर्सरीमा विभिन्न भेराइटीका फूलहरु रहेको गुप्ता बताउँछन् । भन्छन्, ‘सिजनल, बाह्रमासे, शो प्लान्ट, ग्यालिड्यस र विभिन्न फलफूलका विरुवा गरी लगभग १ सय ८० जातका भेराइटी छन्’ ।

विभिन्न भेराइटीसँग खेल्न र नर्सरीमा रमाइरहेका गुप्ता परिवारलाई न त पैसा रोजगारीको आवश्यक छ न त पैंसाको । ‘रमाइ रमाइ काम गरिरहेका छौं सुरजले खबरहबसँग कुरा गर्दै भने ‘वार्षिक रुपमा १ करोडको व्यापार हुन्छ’ ।

नर्सरीमा फुलेका फूलहरु अत्याधिक मात्रामा विक्रि भइरहेको सुनाउँदै उनी भन्छन्, ‘कतिपय स्थानमा फूल विक्रि नभएर कुहिरहेका अवस्था छ तर हाम्रोमा त्यस्तो छैन फुलेका सबै फूल बिक्छन्’ ।

‘नर्सरी फूल र विरुवा उत्पादनसँगै पुष्प व्यवसाय र नर्सरीसम्बन्धी परामर्श सेवा र रिसर्च तथा ठूला होटल रिसोर्ट, विभिन्न कार्यालयहरुमा गार्डेनिङ पनि गरिरहेका छौं’ उनले भने ‘साथमा अर्गानिक सागपातहरु पनि लगाइरहेका छौं’ ।

निर्यातका लागि उनले यही वर्षभित्र जग्गा लिजमा लिने र सागपातको खेती गर्ने तयारीमा रहेको उनले बताए ।

अन्तराष्टिय बिमान स्थल बनेसँगै फलफूल र सागपात विदेशमा निर्यात गर्ने तयारीमा रहेको गुप्ताले सुनाए ।

उत्कृष्ट नर्सरीका रुपमा गुप्ता नर्सरी 

पुष्प क्षेत्रमा उलेख्खनीय काम गरेवापत गुप्ता नर्सरीलाई २००३ मा स्वीजरल्याण्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेशनल गोल्ड स्टार अवार्ड प्रदान गरेको थियो ।

त्यस्तै फ्लोरिकल्चर एसोसिएसन नेपालले २०६४ सालमा कदरपत्र प्रदान गरेको थियो ।

विभिन्न राष्ट्रिय स्तरका कार्यक्रममा स्वागत र सजाउनका लागि गुप्ता नर्सरीबाटै फूल लाने गरेको सुरज बताउँछन् । भन्छन्, ‘औद्योगिक तथा पुष्प व्यापारिक मेलाहरुमा स्टल राख्दा मुल्यांकनका आधारमा हाम्रो नर्सरी सधै प्रथम हुने गरेको छ’ ।

नर्सरी तथा पुष्प क्षेत्रमा आउन अनुरोध

फूलमा नेपाललाई आत्मनिर्भर बनाउनका लागि सबै नेपालीको महत्वपुर्ण भूमिक रहेको र यसक्षेत्रमा लाग्न सकेमा आयत गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँछन् सुरज ।

‘परिवारका सदस्यहरुको साथ र सहयोग भएमा परिवार परिवार मिलेर गर्दा पनि राम्रो हुन्छ’ अन्तमा उनले भने ‘फूलसँग काम गर्न पाउँदा रमाइलो त हुन्छ नै आम्दानी पनि राम्रो हुन्छ’ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  १० : १० बजे

१५ औं महाधिवेशनको मिति तोक्न डिला संग्रौलाको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले १५ औँ

‘उत्कृष्ट कृषि केन्द्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाऔँ’

काठमाडौं– राष्ट्रियसभा सदस्य डाक्टर अन्जान शाक्यले कृषि क्षेत्र हरेक नेपालीको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१७ बकुलाही बस्ने

कुलिङ पिरियडमाथि भएको छेडखानी जनता र संसद् माथिको आक्रमण : सरिता प्रसाईं

काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सरिता प्रसाईंले

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको