पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश « Khabarhub

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ। बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन तथा अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ।

विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार विश्वप्रकाश शर्माको सांगठनिक प्रतिवेदनमा पार्टी संरचनामा युवाको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने प्रस्ताव समावेश गरिएको छ। प्रतिवेदनअनुसार केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको छ।

त्यसैगरी प्रदेश समितिमा ३० वर्षमुनिका १० जना र ३०–४० वर्ष उमेर समूहका १० जना, जिल्ला समितिमा सोही उमेर समूहका ६–६ जना तथा वडा समितिमा ४–४ जना रहने व्यवस्था प्रतिवेदनमा समेटिएको छ।

सांगठनिक प्रतिवेदनमा नेतृत्व र पदको कार्यकालसम्बन्धी पुरानै प्रस्तावलाई निरन्तरता दिँदै एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद मात्र बन्न पाउने व्यवस्था दोहोर्याइएको छ।

पार्टी संरचनालाई थप समावेशी र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिहरूलाई ‘ल्याट्रल इन्ट्री’मार्फत पार्टीमा प्रवेश गराउने व्यवस्था पनि प्रतिवेदनमा उल्लेख छ।

यसैगरी विदेशस्थित जनसम्पर्क समितिमार्फत पार्टीको अन्तर्राष्ट्रिय संरचना निर्माण गर्ने प्रस्ताव गरिएको छ। सो संरचनाअन्तर्गत प्रत्येक देशका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू अन्तर्राष्ट्रिय परिषद्का सदस्य रहनेछन्। साथै २७ सदस्यीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा समावेश छ।

महामन्त्रीद्वयका प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने र महाधिवेशनले त्यसलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ४० बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस