काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक प्रतिनिधित्वसम्बन्धी नयाँ प्रस्ताव अघि सारेका छन्।
राजनीतिक प्रस्ताव पेश गर्दै शर्माले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट अवसर पाएको व्यक्ति अर्को पटक पुनः समानुपातिकमा नआउने व्यवस्था गर्नुपर्ने बताएका हुन्। उनले यसलाई ‘एकपटकको समानुपातिक अन्तिम समानुपातिक’को अवधारणाका रूपमा प्रस्ताव गरेका छन्।
प्रतिवेदन पेस गर्ने क्रममा शर्माले भने, ‘एक पटक समानुपातिक पाएको व्यक्ति अर्को पटक त्यसलाई अन्तिम मानिने प्रस्ताव मैले यहाँ पेश गरेको छु। यस विषयमा खुला छलफल गरौं।’
उनको प्रस्तावले पार्टीभित्र अवसरको न्यायोचित वितरण र नेतृत्वमा नयाँ अनुहार ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया