यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले नेपालले इसिमोडको वार्षिक योगदानको रूपमा २,८३,५०३ अमेरिकी डलर बुझाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले बताए । 

साथै सकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८२ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका खरेलले बताए । 

मन्त्री खरेलका अनुसार २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३,५०,००० अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यसैगरी, मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत भएको छ भने गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त हुने निर्णय भएको मन्त्री खरेलले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : १९ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई