प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय « Khabarhub

प्रदेश मन्त्रिपरिषद् बैठक : प्रवक्तामा मन्त्री राय


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सो सरकारको प्रवक्तामा प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायलाई तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री कृष्णाप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । 

साथै सो बैठकले प्रदेशस्तरीय समस्या समाधानका लागि तीनवटा उच्चस्तरीय समितिसमेत गठन गरेको  मुख्यमन्त्री  मन्त्रिपरिषद् सचिवालयले जनाएको छ ।
 
सरकारले प्रदेशमा रहेको राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक -सामाजिक समस्याको अध्ययन समाधानका लागि तीन-तीन सदस्यीय समिति गठन गरेको हो । राजनीति तथा प्रशासनिक समितिको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्याम पटेललाई तोकिएको छ, भने त्यस समितिको सदस्यमा खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहा तथा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल सदस्य रहेको बताइएको छ ।

कानुन, न्याय तथा मामिला समितिको संयोजकमा श्रम तथा यातायातमन्त्री मनिष सुमनलाई तोकिएको छ । सो समितिको सदस्यमा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो तथा वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीलाई तोकिएको मुखयमन्त्री यादवले जानकारी दिए ।  
 
त्यसैगरी आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई तोकिएको छ, भने सो समितिको सदस्यमा भौतिक तथा पूर्वाधारमन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारी रहेको जनाइएको छ । 

मधेश प्रदेश सरकारले सो समितिमार्फत  समस्याको पहिचान, तथा समाधान गर्ने बताइएको छ । पत्रकार तथा सञ्चार क्षेत्रसँग समन्वय गर्ने ।

यसैबीच मधेश प्रदेश सरकारका प्रवक्ता नियुक्त भएका मन्त्री जङ्गीलाल रायले सञ्चार क्षेत्रसँग समन्वय गरेर  कार्य गर्ने बताएका छन् । प्रदेश सरकारले पारदर्शी भई सबैको सहयोगमा काम गर्ने उनको भनाइ रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ४ : १२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट