राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस « Khabarhub

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको अधिवेशन आगामी माघ ४ गतेका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि गत भदौ २७ गते तल्लो सदन प्रतिनिधिसभा विघटनमा परिसकेको छ।

त्यस्तै उक्त मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने अमेरिकी डलर २ लाख ८३ हजार ५०३ अमेरिकी डलर दिन स्वीकृति दिएको छ ।

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री खरेलले जानकारी दिएका छन् ।

मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने, वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णयसमेत भएको छ।

मन्त्रिपरिषद्का निर्णय

– अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकासकेन्द्र ९ईसीमोड० को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिने ।

– वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने ।

– २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगैडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निमाणका लागि अमेरिकी डलर ३ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने ।

– मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने ।

– गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्द प्रसाद भण्डारी, भक्तपुरलाई नियुक्त गर्ने ।

– संवत् २०८२ साल माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा संघीय संसद्को राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : ५३ बजे

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक

कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त

काठमाडौं– कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम

इरान युद्ध : हमला रोक्ने वा जारी राख्ने विषयमा ट्रम्प र नेतन्याहूबीच मतभेद, फोन संवादमै दुई जनाबीच विवाद

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं– प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौं– आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि