भक्तपुर– लामोसमयदेखि शैक्षिक विकासको क्षेत्रमा क्रियाशील रहँदै आएका प्याव्सन भक्तपुरका पूर्वअध्यक्ष एवं शिक्षासेवी सुरेन्द्र तुबन्जा श्रेष्ठ भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध चयन भएका छन् । चेम्बरको आज सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जगतबहादुर श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा राधेसुन्दर सांयजु चयन भएभने उपाध्यक्षमा चन्द्रभक्त श्रेष्ठ, ज्ञानेन्द्र मानन्धर, माधवप्रसाद प्रजापति र गोकुलप्रसाद प्रजापतिलाई निर्विरोध निर्वाचित गरिएको हो ।
चेम्बरको महासचिवमा सुरेन्द्र जाकीबन्जार र कोषाध्यक्षमा पशुपति भुसाल निर्विरोध चयन भएका छन् । कार्यसमिति सदस्यमा कुलदीप जिसी, न्हुछेराम धुख्वा, जीवन मारिखु, विक्रम प्रजापति, विजय हाछे्थु, इन्द्रप्रसाद पलिखेल र गणेशराम मुस्याख्व निर्विरोध भए ।
महिला चेम्बर संयोजकमा भने रिना श्रेष्ठ र युवा चेम्बर संयोजकमा करिना गोर्खाली मनोनित भएका छन् ।













प्रतिक्रिया