इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री « Khabarhub

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई लिएर सैन्य हस्तक्षेप गर्ने बारम्बार धम्की दिएपछि इरानका विदेशमन्त्रीले सोमबार इस्लामिक गणतन्त्र युद्ध र वार्ता दुवैका लागि तयार रहेको बताएका छन् । 

सुरुमा आर्थिक गुनासोबाट सुरु भएको दुई हप्ताभन्दा बढी लामो विरोध प्रदर्शन सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा शासन गर्दै आएको इस्लामिक प्रशासनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

संकटको गम्भीरताको संकेतपछि इरानी अधिकारीहरूले ८४ घण्टादेखि इन्टरनेटमा प्रतिबन्ध लगाएका छन् । सरकारले इन्टरनेटमा प्रतिबन्ध लगाउनु अधिकारकर्मीहरूको बुझाइमा इरानमा चलिरहेको आन्दोलनबारे नागरिकलाई यथार्थ तथ्य लुकाउनु र जानकारी बाहिरिन नदिनु हो। 

नर्वेमा मुख्यालय रहेको एक इरानी गैरसरकारी संस्था इरान ह्युमन राइट्स (आईएचआर) ले कम्तीमा १९२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ ।

“अप्रमाणित रिपोर्ट अनुसार सयौँको सङ्ख्यामा आन्दोलनकारीको मृत्यु भएको छ । आइएचआरले भनेको छ, ‘केही स्रोतले आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको हुनसक्ने र दुई हजार ६०० भन्दा बढी पक्राउ परेको बताएका छन् ।’

इरानमा प्रतिबन्धित विपक्षी समूह पिपुल्स मुजाहिद्दिन (एमइके) ले आफ्नो स्रोतलाई उद्धृत गर्दै तीन हजारभन्दा बढी व्यक्ति मारिएको बताएको छ ।

इरानको सरकारी मिडियाले सुरक्षा बलका दर्जनौँ सदस्यहरू मारिएको र उनीहरूको अन्त्येष्‍टि सरकार समर्थक र्‍यालीमा परिणत भएको बताएको छ।

इरानबाट निस्किने समाचार संस्था तथा पत्रपत्रिकाहरूले प्रदर्शनको आकर्षण क्रमशः घट्दै गइरहेको बताएका छन् । तेहरानका गभर्नर मोहम्मद सादेग मोटामेदियनलाई उद्धृत गरी एक टेलिभिजनमार्फत प्रसारित अन्तरवार्तामा प्रदर्शन घटिरहेको बताइएको छ । 

सरकारले ‘दङ्गा’ का पीडितहरूका लागि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेसँगै सोमबार तेहरानमा प्रदर्शन निकालिएको छ । इस्लामिक गणतन्त्रको संस्थापन पक्षधरहरूले प्रदर्शनमा व्यापक सहभागिता भएको तस्बिर प्रसारण गरेको छ ।
 

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : २४ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर