‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’ « Khabarhub

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधि उभिएका छन् ।

सोमबार साँझ महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित नियमित प्रेस ब्रिफिङमा मिडिया सेन्टरका संयोजक एवम् कांग्रेस नेता सुवास पोखरेलले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या ६३ प्रतिशत पुगेको बताएका छन् ।

आइतबार विशेष महाधिवेशन उद्घाटनको साँझसम्म ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको बताइएको थियो । तर आयोजकले ५६ प्रतिशत प्रतिनिधि सहभागी भएको प्रदेशगत विवरण सार्वजनिक गरेका थिए । जसमा सबैभन्दा बढी मधेश प्रदेशका प्रतिनिधि विशेष महाधिवेशनमा आएका थिए ।

तर सोमबारसम्म यो संख्या बढेर ६३ प्रतिशत पुगेको पोखरेलले बताए । यदि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईतिहाइ महाधिवेशन प्रतिनिधि जुटाएमा चौधौँ महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित वर्तमान कार्यसमिति औपचारिक रुपमा भंग गर्न सक्नेछ ।

देउवा र उनीनिकट नेताहरूले दुईतिहाइ नपुगी वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति बनाउन सम्भव नरहेको बताउँदै आएका छन् । सोमबार विशेष महाधिवेशनको नौ समूहमा भएको छलफलमा पनि प्रतिनिधिहरूले वर्तमान कार्यसमिति भंग गरेर कांग्रेसलाई रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

विशेष महाधिवेशनले नयाँ कार्यसमितितिर कदम चाल्दै गर्दा सभापति देउवा भने महाराजगञ्जस्थित निवासमा आफूनिकट नेता र कानुन व्यवसायीसँग छलफलमा छन् । उनले यदि विशेष महाधिवेशनले वर्तमान कार्यसमिति भंग गरेमा चाल्न सकिने कदमबारे राय लिएका छन् ।

यसैबीच आफूनिकट नेताहरूको सुझावपछि महामन्त्रीद्वयसँग संवादका लागि पनि देउवा तयार भएका छन् । उता नेता शेखर कोइरालाले पनि मध्यमार्गी भूमिकामार्फत् कांग्रेसलाई विभाजनबाट रोक्ने कोसिस जारी राखेका छन् ।

यता नेता डा. शेखर कोइरालाले पनि सोमबार दिउँसो सभापति देउवा र महामन्त्रीद्वयसँग संवाद गरेका छन् । उनले कांग्रेसको संकट टार्न मध्यमार्गी भूमिका खेल्दै पार्टीलाई जोगाउन विष पिउन पनि तयार रहेको बताएका छन् । सुरूमा देउवासँग संवाद गरेका उनले अहिले महामन्त्रीद्वयसँग सम्भावित समाधानको विकल्पबारे छलफल गरिरहेका छन्।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ६ : २६ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये