दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन « Khabarhub

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले आजको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ ।

आज साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ ।

यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ०३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका