दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन « Khabarhub

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले आजको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ ।

आज साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ ।

यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ०३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली