अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध  « Khabarhub

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम भएको छ । अमेरिकाको कोलोराडोमा अवस्थित ब्रुमफिल्ड शहरसँग महानगरको भगिनी सम्बन्ध कायम भएको हो ।

भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र ब्रुमफिल्ड शहरका मेयर गाइलिन क्याट्रिओटाले हस्ताक्षर गरे । महानगरको  प्रमुखको प्रतिनिधिमण्डलमा महानगरको वडा नं.१३का वडा अध्यक्ष गणेश केसी छन् । 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरले अन्तर्राष्ट्रिय शहरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु महत्त्वपूर्ण विषय भएको बताए । 

नगर प्रमुख महर्जनले यो सम्बन्धले महानगरको मात्रै नभई नेपालको छविलाई समेत अन्तर्राष्ट्रिय रुपमा थप उचाइ दिएको बताए ।

भिगिनी सम्बन्धलाई मितेरी सम्बन्धको रुपमा व्याख्या गर्दै नगरप्रमुख महर्जनले भने, ‘ अब हामी एक अर्काको नजिकको साथी भयौं, दुख, सुख सटासट गर्छौ । 

’ब्रमुफिल्ड शहरले गरेका राम्रा काम आफ्नो नगरपालिको अनुकरण गर्ने बताउँदै कला, संस्कृति र सम्पदाको शहर ललितपुर महानगरबाट ब्रुमफिल्ड सहरले पनि धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो ।,’ उनले भने, ‘हाम्रो मित्रताको चिनो स्वरुप कलात्मक मन्दिर, फल्चा हामी ब्रुमफिल्डमा निर्माण गर्न सक्छौं । ’ ब्रुमफिल्ड शहरका गाइलिन क्याट्रिओटाले सुन्दर नेपालको कला र संस्कृतिले सम्पन्न शहरसँग भगिनी सम्बन्ध कायम गर्न पाउँदा खुशी लागेको बताइन् । ललितपुर महानगरको विकासको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाइन् । 

ललितपुर महानगरले यस अघि अन्तर्राष्ट्रिय क्षेत्रमा कोरियाको चेओरवन, रसियाको उलान उदे शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ । 

यसैगरी देशभित्रका छ वटा पालिकासँग महानगरको भगिनीसम्बन्ध कायम भएको छ । सल्यानको शारदा नगरपालिका, संखुवासभाको चैन नगरपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, गुल्मीको मालिका गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका,दोलखाको भीमेश्वर नगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ५५ बजे

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा

भारतमा सलह बन्दै ‘कक्रोच’ डिजिटल विद्रोह

भारतमा अहिले एउटा अनौठो राजनीतिक अभियानले सामाजिक सञ्जालदेखि राष्ट्रिय राजनीतिसम्म

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई