आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु « Khabarhub

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने पक्षमा आफूले मतदान गर्ने बताएकी छिन् । युरोपको रोमानिया र युक्रेनको बीचमा अवस्थित मुलुक मोल्दोभाका २४ लाखमध्ये अधिकांश जनसङ्ख्या रोमानियाली मूलका छन् ।

सन् १९१८ देखि १९४० सम्म यो मुलुक रोमानियाको भाग थियो । त्यसपछि सोभियत संघले मोल्दोभामा कब्जा गर्‍यो । सोभियत संघको पतन भएपछि सन् १९९१ मा मोल्दोभाले स्वतन्त्रता पाएको हो ।

आफ्नै बलबुतामा मोल्दोभाको अस्तित्व कायम रहन कठिन बन्दै गएको भन्दै उनले रोमानियामा बिलय गराउने पक्षमा आफूले मतदान गर्ने बताएकी हुन् । उनले आफ्नो मुलुक रुसी ‘हाइब्रिड युद्ध’ को निशानामा परेको पनि आरोप लगाइन् ।

हाल पूर्वी मोल्दोभाको ट्रान्सनिस्ट्रिया नामक क्षेत्रमा स्वघोषित सरकार छ, जहाँ अन्तर्राष्ट्रिय मान्यता नपाएको रुस समर्थित सरकारले शासन चलाइरहेको छ ।

‘यदी जनमत सङ्ग्रह भयो भने मैले रोमानियासँग पुनरेकीकरणको पक्षमा मत दिनेछु ।’ बेलायती पडकास्ट द रेस्ट इज पोलिटिक्ससँगको कुराकानीमा उनले भनिन् ।

मोल्दोभालाई युरोपेली युनियन ईयूमा आबद्ध गर्ने विषयमा सन् २०२४ मा जनमत सङ्ग्रह आयोजना गरिएको थियो । उक्त जनमत सङ्ग्रहमा सहभागी ५०.४ प्रतिशतको झिनो अन्तरले ईयू समर्थक पक्ष विजयी भएको थियो ।

रुस समर्थक उम्मेदवारलाई पराजित गर्दै सन्दुले ५५ प्रतिशत मतसहित राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ०३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल