सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन  « Khabarhub

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी लेखा प्रणाली (सीजीएएस) र एक्रुअल बेसिस लेखांकन प्रणाली प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले जारी गरेको निर्देशनअनुसार आर्थिक पारदर्शिता, वित्तीय अनुशासन र लेखा परीक्षणलाई प्रभावकारी बनाउन सीजीएएस प्रणालीको प्रयोग अनिवार्य गरिएको हो। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन तथा विद्यमान वित्तीय व्यवस्थापनमा देखिएका कमजोरीलाई सुधार गर्ने उद्देश्यले यो निर्देशन जारी गरिएको मन्त्रालयले जनाएको छ ।

पत्रमा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूले आम्दानी–खर्च, दायित्व, सम्पत्ति व्यवस्थापनलगायतका विवरणहरू एक्रुअल बेसिसमा अभिलेख राख्नुपर्ने, नियमित रूपमा अद्यावधिक गर्नुपर्ने र सम्बन्धित निकायमा समयमै प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ ।

मन्त्रालयले तोकिएको मापदण्डअनुसार प्रणाली कार्यान्वयन नगरेमा भविष्यमा लेखा परीक्षण तथा प्रशासनिक कारबाहीमा समस्या आउन सक्ने चेतावनीसमेत दिएको छ। साथै, सबै स्वास्थ्य संस्थालाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गरी वित्तीय सुशासन कायम गर्न आग्रह गरिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस कदमले सरकारी स्वास्थ्य सेवामा पारदर्शिता बढाउने, खर्च नियन्त्रण गर्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १ : २६ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको