विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी « Khabarhub

विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले केन्द्रीय समिति विघटन भइसकेको र विशेष महाधिवेशन प्रक्रिया अघि बढिरहेको जानकारी निर्वाचन आयोगलाई दिइसकेको जनाएको छ। 

पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

महामन्त्री थापाले पूर्णबहादुर खड्का पक्षले अघि सारेको केन्द्रीय समिति आधिकारिक नभएको दाबी गरे। उनले आफूले संविधान, निर्वाचन आयोग र अदालतको अभ्यासलाई राम्रोसँग चिनेको उल्लेख गर्दै अहिले सञ्चालनमा रहेको विशेष महाधिवेशन नै आधिकारिक भएको बताए।

उनले विशेष महाधिवेशनमार्फत पार्टी निर्माणको प्रक्रिया अगाडि बढाइने स्पष्ट पारे। साथै, विधान र संस्थागत प्रक्रियाको पालना गर्दै कांग्रेसलाई पुनर्संगठित गर्ने लक्ष्य रहेको पनि उनको भनाइ थियो।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ४ : ४० बजे

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर