कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : राति २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। केन्द्रीय निर्वाचन समितिले मनोनयन पत्र दर्तासम्मको प्रक्रिया पूरा भइसकेकाले बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।

बुधबार साँझसम्म सर्वसम्मत नेतृत्व चयनका लागि गगन थापा र विश्वप्रकाश शर्मा लगायत छलफलमा जुटेपनि आकांक्षी धेरै हुँदा सहमति हुन सकेन । अब निर्वाचनबाट नयाँ नेतृत्वको टुंगो लाग्ने छ ।

सार्वजनिक कार्यतालिका अनुसार बुधबार अबे राति उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ। त्यसपछि उम्मेदवारीमाथि दाबी–विरोध, दाबी–विरोधको छानबिन तथा पुनः नामावली प्रकाशनको कार्यक्रम तय गरिएको छ।

बुधबार राति ११ बजेदेखि उम्मेदवारको मनोनयन दर्ता फिर्ता प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारहरूको अन्तिम नामावली राति ११ बजेर ३५ मिनेटमा प्रकाशित गरिनेछ। बिहीबार बिहान २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : २८ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज