कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना « Khabarhub

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको भन्दै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिएका छन्।

उनले साना दलको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात कांग्रेसबाट भएको भन्दै गगन टिमलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना ।’

गगन थापा र यो टिमले गरेको कामले अन्य दलको पुनर्संरचनामा बल पुग्ने विश्वास व्यक्त गर्दै भट्टाईले वैकल्पिक राजनीतिक शक्तिसँग प्रतिस्पर्धा र सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गरेका छन्।

‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरू वीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना’, उनले फेसबुकमा थप लेखेका छन्।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ७ : ४५ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ