टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता « Khabarhub

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन् । उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने छ ।

कम्पनीका अनुसार टीसीइल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरिएल डिटर्जेन्ट निःशुल्क प्रदान गरिने छ । 

त्यस्तै, कम्पनकीकै एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टेलिभिजन खरिदमा एनईटीटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ ।

साथै, नागरिकताको आधारमा ईएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पेनमा सहभागी हुन टीसीएल [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना ३१००३ मा एसएमएस गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ३ : ५३ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल