टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता « Khabarhub

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

‘नेपालको शान, मुम्बईको मैदान’ अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन् । उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखराबाट टीसीएल क्यूएलईडी टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन् । यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने छ ।

कम्पनीका अनुसार टीसीइल वासिङ मेसिन खरिद गर्दा ३ केजी एरिएल डिटर्जेन्ट निःशुल्क प्रदान गरिने छ । 

त्यस्तै, कम्पनकीकै एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका टेलिभिजन खरिदमा एनईटीटीभीको ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ ।

साथै, नागरिकताको आधारमा ईएमआई सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने एक्सचेन्ज अफरसमेत लागू गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पेनमा सहभागी हुन टीसीएल [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना ३१००३ मा एसएमएस गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ३ : ५३ बजे

सवारीमा बालबालिका सुरक्षाको नयाँ मापदण्ड: अगाडि बस्न नपाइने, १३५ सेन्टिमिटरको उचाइ मानक

काठमाडौँ– सरकारले साना सवारी साधनमा यात्रा गर्ने बालबालिकाको सुरक्षाका लागि

दुर्घटनामा स्कुटर चालकको मृत्यु

सुनसरी– सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को नौ महिनामा वीरगञ्ज नाका हुँदै

नक्कली नोट देखाएर ठगी गर्ने ६ जना पक्राउ

काठमाडौँ – नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा प्रहरीले

बागलुङ नगर अस्पताल भवन निर्माण सुस्त

बागलुङ– बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ