दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल « Khabarhub

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुने बताएका छन् ।

दाङ प्रेस चौतारीले घोराहीमा आज आयोजना गरेको पत्रकार भेटमा उनले लोकतान्त्रिक पद्धतिलाई सबल बनाउन आवधिक निर्वाचन अपरिहार्य हुने बताए।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गतेका घटनालाई असामान्य भएका बताउँदै भने, ‘प्रहरी र अदालतमा आक्रमण हुनु सामान्य होइन, विखण्डनले राष्ट्र कमजोर बनाउँछ, एकताबाटै समृद्धितर्फ अघि बढ्न सकिन्छ ।’

लोकतन्त्र, शान्तिसुरक्षा र कानुनी राज्यको रक्षाका निम्ति नेकपा एमाले गम्भीर रहेको बताए।

उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबारे छानबिन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । साथै उनले १६५ सिटमा पार्टीले उम्मेदवारी दिने बताए। 
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ४ : ३० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल