हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड « Khabarhub

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड घोषित भएको छ । 

बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको पछिल्लो तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायर होम एप्लायन्समा पुनः एक पटक विश्वकै अग्रणी ब्रान्ड बन्न सफल भएको हो । 

यो सँगै हायर ब्राण्डले विगत १७ वर्षदेखिको आफ्नो यो ऐतिहासिक सफलतालाई कायम राख्न सफल भएको छ ।

विश्वभरका प्रयोगकर्ताहरूको अटुट विश्वास र सद्भावका कारण हायरले लगातार १७ वर्षदेखि यो ऐतिहासिक सफलता कायम राख्न सफल भएको हो । 

युरोमोनिटर इन्टरनेशनलले जारी गरेको सन् २०२५ को तथ्यांङ्क अनुसार बिक्रीका आधारमा रेफ्रिजेरेटर तर्फ विगत १८ वर्ष देखि हायर विश्वकै नम्बर एक ब्राण्ड बन्दै आएको छ भने, वासिङ मेसिनमा १७ वर्षदेखि र वाइन कुलरतर्फ विगत १६ वर्षदेखि हायरका उत्पादन लगातार विश्वको नम्बर १ प्रोडक्टका रुपमा स्थापित छन् । 

त्यतिमात्रै नभएर हायर ब्राण्डको फ्रिजर बिक्रीका आधारमा विगत १५ वर्षदेखि विश्वकै नम्बर १ प्रोडक्टको रुपमा कायम छ । 

‘ग्राहकको भावना बुझ्ने र उत्पादनमा नवीनता ल्याउने प्रयास हायरको यो निरन्तर सफलताको रहस्य हो । हामी प्रयोगकर्ताहरूलाई सधैँ केन्द्रमा राखेर प्रयोगकर्ताकै आवश्यकता अनुसारका समाधानहरू उपलब्ध गराउन तत्पर छौँ । हायरले ग्राहकका कुराहरू ध्यान दिएर सुन्छ’,  कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । 

उदाहरणका लागि, सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले साना लुगाहरू धुने छुट्टै ठाउँ आवश्यकता देखाउँदै कमेन्ट गर्ने गरेको देखेपछि कम्पनीले , ‘मल्टी ड्रम’ वासिङ मेसिनको आविष्कार गरेको थियो । 

यसका साथै, मौसमका हिसाबले सधैँ चिसो हुने ठाउँमा त्यहीअनुसारको वासिङ मेसिन, ऊर्जा खपत कम चाहिने ठाउँमा सोही अनुसारको प्रविधिलाई कम्पनीले अवलम्बन गरेको छ । यसले ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई कम्पनीले कसरी विश्वव्यापी प्रविधिसँग जोड्दै अघि बढी रहेको छ भन्ने प्रस्ट पार्छ  ।

खेलकुदमार्फत विश्व प्रभाव

सन् २०२५ मा हायरले खेलकुदलाई मानवीय जीवन र उत्साहको साझा भाषाको रूपमा आत्मासाथ गर्दै प्रयोगकर्ताहरूसँगको सम्बन्धलाई थप परिस्कृत गरेको छ । यो क्रममा कम्पनीले लिभरपुल एफसी, पेरिस सेन्ट–जर्मन र एटीपी टूर जस्ता विश्वस्तरीय खेलकुल संस्थाहरूसँग दीर्घकालीन साझेदारी गरेको छ । साथै, सन् २०२५ को अस्ट्रेलियन ओपनको आधिकारिक साझेदारको रूपमा समेत कम्पनी जोडिएको छ । जसले कम्पनीको उत्कृष्टता र उच्च प्रदर्शनप्रतिको आफ्नो प्रतिबद्धता झल्काएको छ । 

भविष्यप्रतिको दीर्घ प्रतिबद्धता

हायरले वातावरण र समाजप्रतिको आफ्नो जिम्मेवारीलाई पनि विशेष प्राथमिकता दिएको छ । हायर स्मार्ट होमले सन् २०५० सम्म आफ्ना उत्पादनहरु कार्बन रहित बनाउने लक्ष्य राखेको । यसका साथै कम्पनीले आफ्ना हरेक गतिविधिहरूमा शतप्रतिशत नवीकरणीय ऊर्जा प्रयोग गर्ने गरी काम गरिरहेको छ ।

मानिस र विश्वासको जगमा निर्माण

हायरले हासिल गरेको यो ठूलो उपलब्धि पछाडी यसमा काम गर्ने कर्मचारीको ठुलो योगदान छ । जसका कारण सन् २०२५ मा हायर स्मार्ट होम लगातार नवौं पटक फोब्र्सको ‘विश्वकै उत्कृष्ट रोजगारदाता’ सूचीमा पर्न सफल भयो । यसका साथै, फच्र्युन ग्लोबल ५०० मा आठ पटक र विश्वकै सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचीमा सात पटक परेर हाइअरले आफ्नो छुट्टै पहिचान बनाएको छ । ब्रान्डजेटले हायरलाई विश्वकै एक मात्र आईओटी इकोसिस्टम ब्रान्डको रूपमा मान्यता समेत दिएको छ । 

हाल विश्वका २०० भन्दा बढी देशका १ अर्बभन्दा बढी घरपरिवारलाई हायरले सेवा दिइरहेको छ । प्रयोगकर्ताहरूको अनुभव र सुझावलाई नै मुख्य मार्गदर्शक मान्दै हाइअरले आगामी दिनमा पनि नवीनता र सेवामा नयाँ उचाइ हासिल गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : ४२ बजे

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप