बुढासुब्बा गोल्डकप यही माघ २२ देखि « Khabarhub

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ ।

धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।

आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यसवर्ष १० वटा टोलीको सहभागिता रहने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद रु १० लाख प्राप्त गर्ने छन् भने उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान होण्डा स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५/२५ हजारका दरले प्रदान गरिने क्लबका महासचिव नवीन राईले जनाकारी दिए । साथै सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने राईले बताए ।

यस वर्ष प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, चर्च ब्वाइज क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, रोयल थिम्फु क्लब भुटान, जर्जियन क्लबका लेम्पुङ भारत, एलए क्लबपोखरा, सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाटेड क्लब काठमाडौँ, झापा–११ झापा र धरान फुटबल क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ८ : ४१ बजे

‘केपी ओली कमरेड सत्ता र शक्ति बाहिर पनि जिन्दगी छ’

काठमाडौं- केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) इतिहासमै सबैभन्दा कमजोर

एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजको जित, काँक्रेबिहार पराजित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा– यहाँको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क

‘मयूरी नारी’ मा हमलापछि थाइल्याण्ड र इरानबीच कूटनीतिक संकट

काठमाडौं- इरानले होर्मुज जलडमरुमध्यमा थाई ध्वजावाहक जहाजमा हमला गरेपछि दुई

हत्या गरेको अभियोगमा एकजना पक्राउ

सुनसरी–  धरान उपमहानगरपालिका-५ देउराली बस्ने ७२ वर्षीय सुरेन श्रेष्ठको हत्या