कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा « Khabarhub

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गरेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् । भुइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनले स्पष्ट पारेका छन् । कार्यकर्ताको चाहना अनुसार निर्णय गर्ने सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको निर्णयसँगै विधि, विधान र पद्दति स्थापित भएको सभापति थापाले जनाएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।

विशेष महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् । ‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा नेताहरुले यो प्रक्रियालाई सहज रुपमा ग्रहण गर्ने विश्वास सभापति थापाले लिएका छन् । पार्टी बाहिर रहेको पङ्तिप्रति सभापति थापाको संकल्प छ,‘विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ । आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।’

लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभापति थापाले कांग्रेसको मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । चुनावी गठबन्धन नगर्ने प्रतिवद्दता पार्टी पङ्तिसँग गरेका छन् । चुनावी तालमेललाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै सभापति थापाले गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ४४ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा