पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह « Khabarhub

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ ।

पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ।

बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ।

बैठकले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताले कांग्रेसको नेतृत्वमा रही लामो समयदेखि पुर्‍याएको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले उनीहरूबाट भविष्यमा पनि पार्टीका लागि अभिभावकीय भूमिका प्राप्त हुने विश्वास व्यक्त गरेको छ। 

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले भविष्यमा कुनै दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ०४ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको