प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । 

प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिए। अतिसंवेदनशील मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी सङ्ख्यामा परिचालन गरिने उनले बताए। 

प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेकामा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशीलमा रहेका प्रहरीले जनाएको छ । 

सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी परिचालन गरिनेछ । त्यसका लागि प्रदेशभरि १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६ हजार १९३ महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवेदन परे पनि बाँकी पाँच जिल्लामा आवश्यकताभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । कार्यालय प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए ।

सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएकासमेत गरेर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : २९ बजे

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र