वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै « Khabarhub

वामदेव अब राष्ट्रिय सभाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

हाल राष्ट्रिय सभाका सदस्य रहेका उनलाई नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठाउने पक्का भएको छ ।

उनले आइतबार माथिल्लो सदन राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् ।

नेकपाका संयोजक पुष्पकमल दाहालले वामदेवलाई बर्दिया-१ बाट चुनाव लड्न सुझाएका हुन् । चुनावी तयारीका लागि अहिले वामदेव बर्दियामा खटिइरहेका छन् ।

यसअघि ०७४ सालमाको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।

त्यसबेला गौतमले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हराएको भनेर सार्वजनिक आरोप लगाएका थिए ।

आफूले प्रधानमन्त्रीमा दाबी गरेपछि ओलीले एमालेका अर्का नेता सूर्य थापालगायतलाई बर्दिया पठाएर हराएको आरोप गौतमले लगाएका थिए ।

वामदेव करिब ४ वर्ष एमालेबाहिर बसेपछि गत कात्तिक १९ गते नेकपामा प्रवेश गरेका थिए । उनले नेकपाका लागि एक करोड भोट ल्याएर बहुमतसहितको पहिलो दल बनाउने बताएका थिए ।

उता बर्दिया क्षेत्र नम्बर २ २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लालवीर चौधरीले नेकपाबाट टिकट लिने भएका छन् । नागरिक उन्मुक्तिलाई अहिले नेकपामा गाभिएको अवस्था छ ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ५ : ५७ बजे

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा