सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई « Khabarhub

सभापति थापा र उपसभापति शर्माले महाराजगञ्ज पुगेर भेटे निवर्तमान सभापति देउवालाई


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग सम्बन्ध सुधारमा जुटेका छन् ।

सभापति थापाले शनिबार उपसभापति विश्वप्रकाश शर्मालाई साथमा लिएर शनिबार निवर्तमान देउवालाई उनको निजी निवास महाराजगञ्ज पुगेर भेटेका हुन् ।

दुईजना शीर्ष नेताले निवर्तमान सभापति देउवालाई भेटेको पुष्टि महामन्त्री गुरुराज घिमिरेले गरेका छन् ।

शुक्रबार मात्रै निर्वाचन आयोगले पुस २७ देखिमा माघ १ गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनमार्फत निर्वाचित थापा नेतृत्वको नयाँ केन्द्रीय कार्यसमितिलाई मान्यता दिएको थियो ।

यससँगै आयोगले देउवाको हस्ताक्षर चल्दै आएको कांग्रेसको अभिलेख अद्यावधिक गरे सभापति थापाको कायम गरेको थियो । कांग्रेस दुई समूहमा विभाजित भएको अवस्थामा दुई नेताले निवर्तमान सभापति देउवासँग सम्बन्ध सुधारको प्रयास थालेका हुन् ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले दुईजना शीर्ष नेताले देउवालाई भेटेको बताएका छन् । तर उनले दुई नेता र देउवाबीच के के कुराकानी भयो भन्नेबारे केही खुलाएनन् । उनले यस भेटलाई नियमित र शिष्टाचार भनेका छन् ।

दुई नेताले यअसघि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै गर्दा गत बुधबार देउवालाई महाराजगञ्जमै भेटेका थिए । तर उनीहरूबीच कुरा नमिलेपछि कांग्रेस विभाजित हुन पुगेको थियो ।

कुरा नमिलेपछि देउवाद्वारा कार्यवाहक तोकिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन थापा र शर्मा र तथा सह-महामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका कांग्रेसबाट निष्कास गरेको थियो ।

तर बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म चलेको दोस्रो विशेष महाविधेशनको बन्दसत्रले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

उक्त बन्दत्रबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भइसकेको छ। जसलाई निर्वाचन आयोगले मान्यता दिँदै चारतारे झन्डा, रुख र कांग्रेस गगनको पक्षमा हुने निर्णय सुनाइसकेको छ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ७ : १८ बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल