इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार « Khabarhub

इलामबाट नेम्वाङ र कागते एमालेका उम्मेदवार


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको छ । 

निर्वाचन क्षेत्र नं १ मा काजीमान कागते र क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको छ । नेकपा एमालेको शनिबारको सचिवालय बैठकबाट १६५ मध्ये १४१ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट भएका हुन् । 

नेम्वाङ निवर्तमान सङ्घीय सांसद हुन् भने कागते पूर्वप्रदेशसभा सदस्य हुन् । नेम्वाङ इलाम क्षेत्र नं २ बाट गत उपनिर्वाचनमा २७ हजार ७७२ ल्याएर विजयी भएका थिए । उम्मेदवार चयन भएका कागते कोशी प्रदेशसभाका पूर्वसदस्य हुन् । 

निर्वाचन हुन अब ४६ दिन बाँकी छ । प्रत्यक्षतर्फ मनोनयन दर्ता यही माघ ६ गते हुनेछ । 
 

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १२ : ०४ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार