म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो « Khabarhub

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन ‘म्युजिक नेपाल’ले ‘डल्बी एट्मस’द्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।

करिब १० करोड रुपैयाँको लगानीमा गौशालास्थित पिङ्गलास्थानमा यो स्टुडियो निर्माण भएको कम्पनी म्युजिक नेपालले बताएको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथि, वरिष्ठ कालाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विशिष्ट अतिथि र म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा उपस्थितिमा शुक्रबार ‘म्युजिक नेपाल अडियो भिजुअल’ को औपचारिक सुरुवात गरिएको हो ।

डल्बीबाट सर्टिफाइड यो स्टुडियो दक्षिण एसियामा रहेका १० मध्येको एक आफूले निर्माण गरेको म्युजिक नेपालको दाबी छ ।

नेपाली फिल्मको कमजोर मानिने ‘साउन्ड’ पक्षलाई सुधार्न म्युजिक नेपालले फिल्मकर्मीलाई विशेष सहुलियतको समेत घोषणा गरेको छ ।

म्युजिक नेपालका प्रमुख सन्तोष शर्माका अनुसार, स्टुडियो बुकिङ गर्ने पहिलो ३ ग्राहकलाई ५० प्रतिशत छुट दिइनेछ । त्यस्तै, जनवरी ३१ सम्म सेवा लिने सबैलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

‘नेपाली फिल्ममा जुन लेभलको ध्वनि प्रभाव हुनुपर्ने हो, त्यो नभएको महसुस गरेर हामीले यो जोखिम मोलेका हौँ,’ शर्माले भने, ‘डल्बीले प्रमाणित गरेपछि अब हलिउड र नेपालको ध्वनिको गुणस्तर बराबर हुनेछ ।’

स्टुडियोमा सम्पादन, डीआई, रेकर्डिङ स्टुडियो, प्रि-मिक्सका सबै कार्य हुने जनाइएको छ ।

उपकरण मात्र नभई दक्ष प्राविधिक तयार पार्न डल्बीका इन्जिनियर भरत रेड्डीले चलचित्र विकास बोर्डसँगको सहकार्यमा नेपालका २० जना साउन्ड इन्जिनियरहरूलाई विशेष तालिम समेत दिइसकेका छन् । यसले गर्दा आगामी दिनमा नेपाली फिल्मको पोस्ट-प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : १४ बजे

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

धरान-धरान उपमहानगरपालिका-८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा

इङ्ग्ल्यान्डविरुद्धको सेमिफाइनलमा इस्माइल एलफाथ रेफ्री, डेली मेल भन्छ : मेस्सीलाई सजिलो हुने भयो

एटलान्टा- फिफाले २०२६ विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव