कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून « Khabarhub

कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकारको छ महिनामा १३ दशमलव ७४ प्रतिशत बजेट कार्यान्वयनमा आएको छ । पुँजीगततर्फ सात दशमलव ९० प्रतिशत बजेट खर्च गरेको हो । सरकारले चालुतर्फ २३ दशमलव ८३ प्रतिशत बजेट कार्यान्वयनमा ल्याएको छ ।

सरकारले विकासतर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार विनियोजन गरेकामा हालसम्म एक अर्ब ५७ करोड ९० लाख तीन हजार २७९ रुपैयाँ मात्रै विकास निर्माणमा खर्च गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्धवार्षिक समीक्षासम्म १३ दशमलव ७४ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख रत्न सुवेदीले जानकारी दिए ।

उनले भने, ‘चालुतर्फ १२ अर्ब ३९ करोड ८९ लाख ४२ हजार रुपैयाँ विनियोजन भएकामा हालसम्म दुई अर्ब ९५ करोड ४४ लाख ३० हजार रुपैयाँ अर्थात् २३ दशमलव ८३ प्रतिशत खर्च भएको छ । यो रकम विकास बजेट कार्यान्वयनको तुलनामा तीन गुणाभन्दा बढी हो ।’

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको बजेट १० अर्ब ७३ करोड १४ लाख ८३ हजार रुपैयाँ रहेकामा हालसम्म एक अर्ब आठ करोड ६४ लाख १० हजार ५८ रुपैयाँ खर्च भएको छ ।

बजेट कार्यान्वयनमा कमजोर देखिएकामा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अग्रपङ्क्तिमा छ । हालसम्म यो मन्त्रालयले तीन अर्ब ५५ करोड रुपैयाँभन्दा बढी बजेटमध्ये २० करोड ५९ लाख ९४ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले दुई अर्ब ७८ करोड ३३ लाख १६ हजार रुपैयाँमध्ये हालसम्म १९ करोड ४३ लाख ४५ हजार नौ सय ९२ रुपैयाँ खर्च गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ४३ करोड तीन लाख ३१ हजार रुपैयाँ पुँजीगततर्फको बजेट रहेकामा पाँच करोड १८ लाख दुई हजार रुपैयाँ खर्च गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ ६४ करोड १६ लाख २९ हजार रुपैयाँ बजेटमध्ये २२ करोड ३३ लाख ८३३ रुपैयाँ कार्यान्वयनमा ल्याएको लेखा नियन्त्रण कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : १९ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु