देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी « Khabarhub

देउवा समूहको रिट दर्ता, प्रतिनिधि सभाको उम्मेदवारी दर्ताकै दिन सुनुवाइ गर्न पेशी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर नेपाली कांग्रेसको वैधानिकता गुमाएको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको छ ।

आफूहरूको मान्यता खोसेर थापा पक्षलाई दिने निर्वाचन आयोगको गत शुक्रबारको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू अदालतमा उपस्थित भएका हुन् । उनीहरूको रिट सर्वोच्च प्रशासनले आइतबार नै दर्ता गरिदिएको छ। तर पेशी भने मंगलबारका लागि तोकिएको छ।

सोमाबर सार्वजनिक बिदा भएकाले सर्वोच्चले उक्त रिटलाई सुनुवाइका लागि मंगबार पेशीमा चढाउने निर्णय गरेको हो। उक्त दिन फागुन २१ गतेको निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको तालिका पनि छ ।

सर्वोच्चको यो निर्णयले कांग्रेससहित सबै दलको उम्मेदवारी प्रभावित हुने जोखिम बढेको छ। मंगलबार बिहानै अदालत खुल्नेबित्तिकै आदेश आएमा निर्वाचन प्रभावित हुने अवस्था नहुन सक्छ ।

देउवा पक्षका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आफूहरूलाई सोध्दै नसोधी अर्को पक्षलाई मान्यता दिने सर्वोच्चको निर्णयविरुद्ध रिट दर्ता भइसकेको बताएका छन् ।

‘हाम्रो रिट दर्ता भइसकेको छ। सकेसम्म आजै उक्त रिट पेशीमा चढेर आदेश आउने अपेक्षा गरेका छौँ’, उनले भने, ‘आज सुनुवाइ नभए भोलि बिदा परेकाले पर्सि मंगलबार बिहानै सर्वोच्चले आयोगको निर्णयमा आदेश दिन सक्ने हामीले आशा गरेका छौँ ।’

कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वका नेताहरू सर्वोच्च अदालत पुगेका थिए। निर्वाचन आयोगलले गगनलाई मान्यता दिएपछि विघटित कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार सानेपामा बसेको बैठकले सर्वोच्च जाने निर्णय गरेको थियो । 

यस रिटमा सर्वोच्चले यथाशक्य चाँडो आदेश दिनुपर्ने बाध्यता छ । माघ ६ गते प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन गर्ने समय तोकिएको छ। त्यसअघि नै कांग्रेसको विवादको छिनोफानो हुन सकेमा फागुन २१ को निर्वाचन पनि हुन सक्नेछ ।

यदि कांग्रेसको विवाद लम्बिएर सर्वोच्चले आदेश नदिएमा निर्वाचन नै पछि धकेलिने जोखिम पनि छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  १ : २१ बजे

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको

पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर– बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र

लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ

पोखरा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा