गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का « Khabarhub

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन् ? त्यो नायक आकाश श्रेष्ठको करिअरलाई हेर्दा हुन्छ ।

सन् २०१६ मा प्रदर्शनमा आएको ‘म तिम्रै हुँ’बाट आकाशले ठूलो पर्दामा डेब्यू गरे । डेब्यू नै फ्लप भयो तथापि उनको व्यस्तता राम्रै देखियो । उनी डिमान्डकै नायक बने ।

सन् २०१८ मा उनको अभिनय रहेको ४ फिल्महरु ‘तिमीसँग’, ‘रामकाहानी’, ‘ब्ल्याक’ र ‘ड्रिम ग्रर्ल’ प्रदर्शनमा आए । यी चारै फिल्मको व्यापार निराशजनक बन्यो । यससँगै उनको व्यस्ततामा पनि कमी आयो ।

कोभिड महामारीपछि उनका तीन फिल्म प्रदर्शनमा आए– ‘सम्हालिन्छ कहिले मन’, ‘बगान’ र ‘हिँड्दा हिँड्दै’ ।

०८० साल भदौ १ उनको अभिनय रहेको पछिल्लो फिल्म ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएको छ । त्यसयता उनीको हातमा फिल्म थिएन । ठूलोपर्दाबाट उनी टाढिए । लगातार फ्लप फिल्म दिएपछि उनले ठूलो पर्दाको काम नै पाउन छोडे ।

अहिले आकाश आफ्ना दर्शकलाई भेट्न म्युजिक भिडियोको साहारा लिइरहेका छन् ।

ठूलो पर्दाबाट किन टाढा ? भन्ने प्रश्न उनले सामना गरिरहेकै हुन्थे । उनी जवाफ दिन्थे, ‘राम्रो स्क्रिप्टको खोजीमा छु ।’

दुई वर्ष फिल्मबाट टाढा बनेको आकाश अब भने फिल्ममा पर्किने मोटामोटी पक्का भएको छ । उनले एक अनटाइटल फिल्म साइन गरेका छन् ।

निर्देशक रुपेश तामाङको अनटाइटल फिल्ममा काम गर्न आकाशले कागजी सम्झौता गरेका हुन् । यो फिल्मको छायाङ्न फागुनबाट सुरु गर्ने निर्देशक तामाङको तयारी छ ।

निर्देशक तामाङका पनि पछिल्ला दुई फिल्म ‘जय शम्भु’ र ‘दान्भी’ बक्स अफिसमा असफल हुन् ।

तथापि, आकाश यस अनटाइटल फिल्मलाई लिएर उत्साहित छन् । दर्शकको प्रतीक्षा विशेष पार्ने उनको दाबी छ । अब, यो फिल्मले आकाशलाई ‘कमब्याक’ मात्र गराउँछ कि अन्य फिल्महरु पनि दिलाउँछ त्यो हेर्न बाँकी छ ।

अनटाइटल फिल्मका अन्य कलाकार चाँडै अनुबन्ध हुने तामाङले बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : ५९ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण