गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का « Khabarhub

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन् ? त्यो नायक आकाश श्रेष्ठको करिअरलाई हेर्दा हुन्छ ।

सन् २०१६ मा प्रदर्शनमा आएको ‘म तिम्रै हुँ’बाट आकाशले ठूलो पर्दामा डेब्यू गरे । डेब्यू नै फ्लप भयो तथापि उनको व्यस्तता राम्रै देखियो । उनी डिमान्डकै नायक बने ।

सन् २०१८ मा उनको अभिनय रहेको ४ फिल्महरु ‘तिमीसँग’, ‘रामकाहानी’, ‘ब्ल्याक’ र ‘ड्रिम ग्रर्ल’ प्रदर्शनमा आए । यी चारै फिल्मको व्यापार निराशजनक बन्यो । यससँगै उनको व्यस्ततामा पनि कमी आयो ।

कोभिड महामारीपछि उनका तीन फिल्म प्रदर्शनमा आए– ‘सम्हालिन्छ कहिले मन’, ‘बगान’ र ‘हिँड्दा हिँड्दै’ ।

०८० साल भदौ १ उनको अभिनय रहेको पछिल्लो फिल्म ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएको छ । त्यसयता उनीको हातमा फिल्म थिएन । ठूलोपर्दाबाट उनी टाढिए । लगातार फ्लप फिल्म दिएपछि उनले ठूलो पर्दाको काम नै पाउन छोडे ।

अहिले आकाश आफ्ना दर्शकलाई भेट्न म्युजिक भिडियोको साहारा लिइरहेका छन् ।

ठूलो पर्दाबाट किन टाढा ? भन्ने प्रश्न उनले सामना गरिरहेकै हुन्थे । उनी जवाफ दिन्थे, ‘राम्रो स्क्रिप्टको खोजीमा छु ।’

दुई वर्ष फिल्मबाट टाढा बनेको आकाश अब भने फिल्ममा पर्किने मोटामोटी पक्का भएको छ । उनले एक अनटाइटल फिल्म साइन गरेका छन् ।

निर्देशक रुपेश तामाङको अनटाइटल फिल्ममा काम गर्न आकाशले कागजी सम्झौता गरेका हुन् । यो फिल्मको छायाङ्न फागुनबाट सुरु गर्ने निर्देशक तामाङको तयारी छ ।

निर्देशक तामाङका पनि पछिल्ला दुई फिल्म ‘जय शम्भु’ र ‘दान्भी’ बक्स अफिसमा असफल हुन् ।

तथापि, आकाश यस अनटाइटल फिल्मलाई लिएर उत्साहित छन् । दर्शकको प्रतीक्षा विशेष पार्ने उनको दाबी छ । अब, यो फिल्मले आकाशलाई ‘कमब्याक’ मात्र गराउँछ कि अन्य फिल्महरु पनि दिलाउँछ त्यो हेर्न बाँकी छ ।

अनटाइटल फिल्मका अन्य कलाकार चाँडै अनुबन्ध हुने तामाङले बताएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ३ : ५९ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका