काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा सहमति भएको छ । दुई दलबीच आइतबार साँझ आसन्न संघीय संसद् तथा प्रदेशसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो ।
सहमति अनुसार नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सहमति पत्रमा संसद् बाहिर नेपाल परिवार दलको स्वतन्त्र राजनीतिक अस्तित्व कायम रहने तर संसद् भित्र एमालेको संसदीय दलमा आबद्ध रहने छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा सफल बनाउन देशभक्त, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरिएको छ । सहमतिमा नेकपा ९एमाले० लाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न दुवै दल एकमत रहेको उल्लेख छ ।
सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । दुवै दलबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा नेताहरू मिलन राजवंशी, प्रकाश थापा लगायत उपस्थित थिए ।













प्रतिक्रिया