चिसियो बक्स अफिस « Khabarhub

चिसियो बक्स अफिस


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको छ ।

माघ १ बाट प्रदर्शनमा आएका ‘मिरमिरे’, ‘गोबर गणेश’ र ‘भाइरल गोर्खे’सहित ७ फिल्म हलमा छन् । माघ १ बाट प्रदर्शनमा आएका तीनै फिल्मका व्यापार न्यून छ ।

प्रदर्शनरत फिल्महरुमा ‘परान’बाहेक अरु सबै नेपाली फिल्महरुको व्यापार कमजोर बन्दा बक्स अफिस चिसिएको छ ।

चलचित्र विकास बोर्डको साप्ताहिक बक्स अफिस रिपोर्टअनुसार अहिलेका चल्तीका स्टार प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ पनि फ्लप बनेको छ ।

पुस १७ बाट प्रदर्शनमा आएको यो फिल्मले माघ ३ गतेसम्म ४६ लाख ९५ हजार ग्रस कलेक्सन गरेको छ । यसका लागि जम्मा १४ हजार २५५ वटा टिकट बिक्री भएको छ ।

त्यस्तै, पुस ४ बाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’ पनि फ्लप भएको छ । यो फिल्मले गत शनिबारसम्म १ करोड २० लाख मात्रै ग्रस कलेक्सन गरेको छ ।

नेता उज्वल थापाको जीवनीमा आधारित फिल्म ‘दिमाग घोच्ने मान्छे’ले ३ लाख १२ हजार ग्रस कलेक्सन गरेको छ ।

बोर्डका अनुसार ‘परान’ले १७ करोड ७७ लाख ग्रस कलेक्सन गरेको छ ।

कात्तिक १४ यता प्रदर्शनमा आएको एक मात्रै हिट फिल्म ‘परान’ हो । नेपाली फिल्महरुले दर्शकलाई हलसम्म तान्न नसक्दा बक्स अफिसलाई चिसो लागेको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ०४ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण