बालेन आज दमकमै बस्ने « Khabarhub

बालेन आज दमकमै बस्ने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सोमबार दमकको एक होटलमा बस्ने भएका छन् ।

जनकपुरबाट पहिलोपटक सम्बोधन गर्दै उनी लगत्तै झापा आउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। बालेनको सचिवालय सदस्यका अनुसार उनी सम्भवत विराटनगर विमानस्थलबाट झापा आउन लागेका हुन् । 

राति अबेर परेर समर्थकको भिड लाग्ने भयो भने उनी चन्द्रगढी विमानस्थलबाटै दमक आउन सक्ने सम्भावना रहेको ती नेताको दाबी छ। 

‘समय कस्तो हुन्छ र साथीभाइले माया गरेर जम्मा हुँदा भिडलाई थेग्ने अवस्था हुन्छ हुँदैन त्यसलाई मध्यनजर गर्दै विराटनगर विमानस्थलबाट आउनुहुन्छ होला’ । सचिवालयका ती सदस्यले भने, ‘राति अबेर हुने अवस्था आए र स्थितिलाई नियन्त्रण गर्न नसकिने अवस्थामा मात्रै चन्द्रगढी विमानस्थलबाट उहाँ आउनुहुन्छ ।’

यता झापाका राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव शम्भु सुस्केराका अनुसार शुक्रबार नै बालेन दमक आउने जानकारी झापाका सुरक्षा निकायलाई दिइएको छ। 

‘उहाँ कहाँ बस्नुहुन्छ भन्ने कुरा अहिले हामी सार्वजनिक गर्न सक्दैनौँ। आज उहाँ दमक बस्नुहुन्छ’ सुस्केराले भने, ‘उहाँका लागि सचिवालय र कार्यालयको पनि व्यवस्था भइसकेको छ।’

काठमाडौँ महानगरपालिकाबाट बिदा भएपछि प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट बालेन शाहले उम्मेदवारी दिने तयारी गरेका छन्। 

यो स्थान पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।

यता एमाले नेताहरूका अनुसार पनि अध्यक्ष केपी शर्मा ओली आज नै दमक आउने कार्यक्रम रहेको छ। उनी आफ्नै निजी निवासमा बस्न सक्ने नेताहरूको दाबी छ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १२ : ३० बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी