काठमाडौं- युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले भारतको भ्रमण गर्ने भएका छन् । १६ औँ भारत–ईयू सम्मेलनमा सहभागी हुने उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डल लिएर दुई नेता भारत आउन लागेका हुन् ।
यस सम्मेलन आगामी जनवरी २७ मा आयोजना हुने तय भएको छ । उच्चस्तरीय भ्रमणका क्रममा युरोपेली नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
ईयू–भारत रणनीतिक साझेदारी विकास गर्ने तथा विभिन्न नीतिगत क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउन युरोपेली नेताहरुको भारत भ्रमण महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । यस भ्रमणका क्रममा व्यापार, सुरक्षा, हरित ऊर्जातर्फ अग्रसरता तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न भारत र युरोपेली युनियनबीच सहमति हुने जनाइएको छ ।
त्यसबाहेक भारतले हरेक वर्षको जनवरी २६ मा आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा दुई नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् । यससँगै भारतको इतिहासमा गणतन्त्र दिवसको अवसरमा युरोपेली नेताहरुले आतिथ्यता गरेको यो पहिलो घटना हुनेछ ।













प्रतिक्रिया