युरोपेली नेताले भारतको भ्रमण गर्ने « Khabarhub

युरोपेली नेताले भारतको भ्रमण गर्ने


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले भारतको भ्रमण गर्ने भएका छन् । १६ औँ भारत–ईयू सम्मेलनमा सहभागी हुने उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डल लिएर दुई नेता भारत आउन लागेका हुन् ।

यस सम्मेलन आगामी जनवरी २७ मा आयोजना हुने तय भएको छ । उच्चस्तरीय भ्रमणका क्रममा युरोपेली नेताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

ईयू–भारत रणनीतिक साझेदारी विकास गर्ने तथा विभिन्न नीतिगत क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउन युरोपेली नेताहरुको भारत भ्रमण महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । यस भ्रमणका क्रममा व्यापार, सुरक्षा, हरित ऊर्जातर्फ अग्रसरता तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न भारत र युरोपेली युनियनबीच सहमति हुने जनाइएको छ ।

त्यसबाहेक भारतले हरेक वर्षको जनवरी २६ मा आयोजना गर्ने गणतन्त्र दिवस समारोहमा दुई नेताहरु अतिथिका रुपमा सहभागी हुनेछन् । यससँगै भारतको इतिहासमा गणतन्त्र दिवसको अवसरमा युरोपेली नेताहरुले आतिथ्यता गरेको यो पहिलो घटना हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  २ : ३१ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको