प्रधानमन्त्री स्वदेश फर्कदा उडान रोकिएपछि विमानस्थलमै यात्रुको नाराबाजी | Khabarhub Khabarhub

प्रधानमन्त्री स्वदेश फर्कदा उडान रोकिएपछि विमानस्थलमै यात्रुको नाराबाजी


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट आइतबार बिहान स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान अवतरण बन्द हुँदा एउटा उड्न लागेको जहाजका यात्रुहरु नाराबाजीमा उत्रिएका छन् ।

बेला बेला उच्चपदस्थ (भीभीआईपी) उडानका समयमा विमानस्थलमा जारी हुने नोटाम कारण सर्वसाधारणले समस्या भोग्दै आएका छन् । भीभीआईपी उडानका समयमा अन्य व्यवसायीक उडान अवतरणमा प्रतिबन्ध लगाइन्छ । जसलाई नोटाम भनिन्छ ।

आइतबार बिहान साढे १० बजेतिर प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण हुँदै गर्दा जारी गरिएको नोटामको समय सकिन केही मिनेट बाँकी रहेको अवस्थामा श्री एयरलाइन्सको जहाज नेपालगञ्ज उड्ने तयारीमा थियो ।

७० जना यात्रु बोकेको जहाज ट्याक्सीवेतर्फ जाने तयारीमा रहेको बेला विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरको आदेशमा उक्त जहाजले इन्जिन बन्द गरेर रोकिएको थियो ।

जहाजको इन्जिन बन्द भएपछि उडान दलका सदस्यले जहाजका यात्रुलाई प्रधानमन्त्रीको उडानका कारण केही समय कुर्नु पर्ने जानकारी गराएका थिए ।

यसपछि यात्रुहरुले आक्रोश पोख्दै जहाजभित्रै आवाज उठाउन थाले । उनीहरुले जहाजको बन्द ढोका जबरजस्ती खोल्न लगाएर बाहिर निस्केर नाराबाजी नै गरेको विमानस्थल स्रोतको भनाइ छ ।

कानुनी हिसाबले जहाज बोर्ड भएपछि यात्रु बाहिर निस्कन मिल्दैन । बाहिर निस्केका यात्रुले नाराबाजी गरेपछि स्थिति सामान्य पार्न प्रहरी नै बोलाउनु परेको स्रोतले जानकारी दियो ।

यता, विमानस्थल प्रशासनले भने नोटाम जारी गरिएको समयमा केहीबेर विमान उड्न रोकिएको जनाउँदै उक्त घटना सामान्य भएको जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  ५ : ०४ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार