चीनमा नयाँ ऋण प्रवाह सुस्त « Khabarhub

चीनमा नयाँ ऋण प्रवाह सुस्त


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा नयाँ ऋणको प्रवाह सुस्त भएको पाइएको छ । अघिल्लो वर्ष सन् २०२५ को डिसेम्बर महिनामा चिनियाँ वित्तीय संस्थाहरुले ९ खर्ब ८ अर्ब युआन अर्थात् १ खर्ब ३० अर्ब डलर ऋण प्रवाह गरेका छन् ।

यो सन् २०१८ यताकै सबैभन्दा सुस्त रहेको ब्लुमबर्गले जनाएको छ । चीनको केन्द्रीय चिनियाँ जनबैंकले जारी गरेको तथ्यांकमा यस्तो उल्लेख रहेको ब्लुमबर्गले जनाएको छ ।

यस महिना केबल ८ खर्ब युआन ऋण प्रवाह हुने विश्लेषकहरुको अपेक्षा थियो । यद्यपि विश्लेषकको अपेक्षाभन्दा धेरै ऋण प्रवाह भएको जनाइएको छ ।

सन् २०२५ भर चिनियाँ वित्तीय संस्थाहरुले १६० खर्ब युआनभन्दा धेरै नयाँ ऋण प्रवाह गरेका थिए । सन् २०२३ यता चीनमा नयाँ ऋण प्रवाह सुस्त हुँदै गएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : २६ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला