रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा « Khabarhub

रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्रीले दिए राजीनामा


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका हुन् । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दलीय राजनीतिमा सक्रिय हुनुपर्ने निष्कर्षसहित मन्त्री पदबाट अलग हुने निर्णय लिएको बताएका छन्।

राजीनामा पत्र बुझाउँदै खरेलले वर्तमान गैरराजनीतिक नागरिक सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भन्ने उद्देश्यले आफूले समयमै पदबाट हट्ने निर्णय लिएको उल्लेख गरेका छन्।

उनले लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षालाई ध्यानमा राख्दै अब दलीय राजनीतिमार्फत उत्तरदायी भूमिका निर्वाह गर्नु उपयुक्त ठानेको जनाएका छन्।

प्रधानमन्त्री नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाउनुलाई सम्मान र गौरवको विषय भएको उल्लेख गर्दै खरेलले चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको दाबी गरेका छन्।

राजीनामा पत्रमा उनले प्रधानमन्त्रीको नेतृत्वमा रहेको नागरिक सरकारले सत्ता र स्वार्थभन्दा माथि उठेर इमानदारी, निष्ठा र नैतिकताको उदाहरण प्रस्तुत गरेको टिप्पणी गरेका छन्।

आगामी आमनिर्वाचन सफल बनाउन सरकारको प्रयासमा आफू पनि सानो हिस्साका रूपमा जोडिन पाएकोमा कृतज्ञता व्यक्त गरेका छन्।

खरेलले अबको आफ्नो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ६ : १० बजे

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक